Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान

- शुभ बिहानी / बिहिबार, असोज ०१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा आज बिहान साढे ७ बजेको उडानमा अर्थमन्त्री डा वाग्ले नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री डा वाग्लेले भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।

आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने तयारी रहेकाे छ भने भालि बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । भोलि साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ताको कार्यक्रम रहेकाे बताइएकाे छ ।

त्यसैगरि अर्थमन्त्री डा वाग्ले भाेलि साँझ साढे ७ बजे भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् भने त्यसपछि साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्क्रम रहेको छ ।

शनिबार दिउसाे ४ बजे स्वदेश फर्कने अर्थमन्त्री डा वाग्लेकाे भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेतलगायत रहेका छन् ।

Page Views: 9
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • पूजाआराधना गरि विश्वकर्मा पूजा मनाइँदै
  • यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल
  • पट्टायामा नेपाली समुदायको सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
  • लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama