Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असोज ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन

- शुभ बिहानी / शुक्रबार, असोज ०२, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थाबारे विवरण बुझाउन म्यानपावर कम्पनीहरुलाई निर्देशन दिएको छ । यही असोज २१ गतेभित्र त्यस्तो विवरण विभागमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

विभागले गत असारमा इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक तीन–तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थासम्बन्धी प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो । सोहीबमोजिम विभागले श्रमिकको हकहित र सुरक्षा ध्यानमा राख्दै विवरण उपलब्ध गराउन भनेको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा गएका प्रत्येक श्रमिक सुरक्षित रुपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको विवरण १५ दिनभित्र प्राप्त गर्नुपर्नेछ । त्यसका लागि म्यानपावर कम्पनीले श्रमिकसँग सम्पर्क गरी विवरण संलकन गर्नुपर्नेछ ।

त्यस्तै, श्रमिकले वैदेशिक रोजगार सम्झौताबमोजिमको काम, तलब तथा अन्य सेवासुविधा पाए–नपाएको विषयमा पनि प्रत्यक्ष सम्पर्क गरी विवरण तयार गर्न विभागको निर्देशन छ । श्रमिकको संकलित अवस्था तथा विवरण इजाजतपत्र प्राप्त संस्थाले श्रमिक उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेश गर्नुपर्नेछ ।

विभागले उक्त निर्देशन पालना नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने म्यानपावरमाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

Page Views: 21
संबन्धित शिर्षकहरु
बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
५० रुपैयाँको नयाँ नोट बजारमा
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
ताजा अपडेट
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो
  • ५० रुपैयाँको नयाँ नोट बजारमा
  • डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
  • भोटेकोशी बाढीमा परि निधन हुनेकाे संख्या १४०९ पुग्याे
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
  • प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama