सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्ने भएकाे छ । बैठक आज बिहान ११ बजे तयारी रहेकाे छ ।
आज बस्न लागेकाे बैठकमा समसामयिक विषयमा छलफल गरिने भएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जनाएका छन् ।