Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता

- शुभ बिहानी / आइतबार, असोज ०४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गत भदाै १० गते रसुवामा आएको बाढीमा परेका ५ हजार ८ सय बढि नागरिक अझै बेपत्ता रहेका छन् । उक्त विनाशकारी बाढीमा परेका ५ हजार ८७५ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त विनाशकारी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा भएको विपद्का कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्राधिकरण (एनडीआरआरएमए)ले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो ।

प्राधिकरणकाे पछिल्लाे तथ्यांक अनुसार फेला परेका मृतकमध्ये ५४९ जना पुरुष र ३३६ जना महिला रहेका छन् भने ५२६ वटा आंशिक मानव अंगसमेत फेला परेको विवरणमा उल्लेख गरिएकाे छ । बाढी तथा पहिरोबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ । विवरणअनुसार चितवनमा मात्रै ३६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विनाशकारी बाढीबाट नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेकाे छ ।

विपद्पछि जारी खोजी तथा उद्धार अभियानअन्तर्गत हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरी खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको बताइएकाे छ ।

उद्धार तथा राहत कार्यमा नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा हवाई उडान गरेको छ भने सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडानमार्फत उद्धार तथा राहतसम्बन्धी कार्यमा सहयोग गरेको छ । बाढीपछि प्रभावित जिल्लामा बेपत्ताको खोजी, मृतकको पहिचान तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ र प्राधिकरणले संकलित विवरणलाई अद्यावधिक गर्दै जाने जनाएको छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama