आज नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्ने तयारी रहेकाे छ । आजकाे बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ ।
यसअघि गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक पार्टीकाे केन्द्रीय कमिटीको बैठक बस्न लागेकाे हाे । केन्द्रीय कमिटीको बैठकको कार्यसूचि तय गर्न केन्द्रीय सचिवालय बैठक अहिले ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।
त्यसैगरि आइतबारदेखि सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जनाएका छन् । निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक बस्न लागेको हो ।