आज दिउँसाे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक बस्दै छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने बताइएकाे छ ।
आजकाे बैठकमा रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावको विषयमा छलफल गर्न लागिएको छ ।
बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुने आजकाे बैठकपछि पार्टीले सरकारलाई सुझाव दिने पनि प्रवक्ता ज्वालाकाे भनाइ रहेकाे छ ।
गत भदाै १० गते गएकाे बाढी पहिरो पीडितको राहत, उद्धार पुर्नस्थानपाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिको समीक्षा हुनेछ । त्यसबाहेक आन्तरिक संगठनात्मक सवाल, पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएकाे छ ।