Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा

- शुभ बिहानी / मङ्गलबार, असोज ०६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीका युवा नेता बिबस पौडेलले आगामी जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि पार्टीको विद्यार्थी तथा संगठनात्मक राजनीतिमा सक्रिय पौडेलले जिल्लामा देखिएको गुटबन्दी र आन्तरिक कलह अन्त्य गर्दै कांग्रेस संगठनलाई थप सुदृढ बनाउने आफ्नो मुख्य एजेन्डा अघि सारेका छन्।
पौडेलले पार्टीभित्र व्यक्तिभन्दा संगठन र गुटभन्दा योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले “हाम्रो होइन, राम्रोलाई पार्टीले संरक्षण गर्नुपर्छ” भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी अघि बढाएको बताएका छन्।

नेविसंघबाट सुरु भएको राजनीतिक यात्रा
पौडेलले २०६८ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। उनले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

२०६८ सालमा कुमारी इन्जिनियरिङ क्याम्पसको नेविसंघ इकाई सचिवको जिम्मेवारी सम्हालेका पौडेल २०७० सालमा सोही इकाईको सभापति बने। त्यसपछि उनले सीटीईभीटी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाले।
नेविसंघको ११औँ महाधिवेशनमा उनले कान्छो उम्मेदवारका रूपमा चुनाव लडेका थिए। त्यसपछि २०८० सालमा नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत हुँदै उनले संगठनात्मक राजनीतिमा आफ्नो सक्रियता निरन्तरता दिएका छन्।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा विभिन्न संगठनात्मक जिम्मेवारी हुँदै अहिले जिल्ला तहको राजनीतिक नेतृत्वतर्फ अघि बढेको छ।

गुटबन्दी अन्त्य गर्ने मुख्य एजेन्डा
पौडेलले नवलपरासीको कांग्रेस राजनीतिमा पछिल्लो समय बढ्दै गएको गुटबन्दीले संगठनलाई कमजोर बनाएको बताएका छन्। गुटगत राजनीतिका कारण पार्टीभित्र आन्तरिक कलह बढेको र त्यसको असर सामान्य कार्यकर्तामा समेत परेको उनको बुझाइ छ।

यही अवस्थालाई परिवर्तन गर्न आफूले उम्मेदवारी दिएको बताउँदै पौडेलले भने, “म आफ्नै पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई यो अधिवेशनबाट रोक्ने प्रयास गर्नेछु। साथै समग्र जिल्लालाई केन्द्रसँग जोड्ने पहल गर्नेछु।”

उनले योग्य, इमानदार र जनतासँग प्रत्यक्ष जोडिएका कार्यकर्तालाई अवसर दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। जिम्मेवारी बाँडफाँटमा गुटभन्दा क्षमता, योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई आधार बनाउनुपर्ने उनको धारणा छ।

युवा र कार्यकर्तालाई समेट्ने प्रतिबद्धता

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए जिल्लाको संगठनलाई थप चलायमान बनाउने, केन्द्रसँग प्रभावकारी समन्वय गर्ने तथा पार्टीलाई जनतासँग अझ नजिक बनाउने पौडेलले बताएका छन्। ।

उनले युवा, महिला तथा सबै तहका कार्यकर्तालाई संगठनमा सक्रिय रूपमा समेट्दै स्वस्थ आन्तरिक प्रतिस्पर्धाको संस्कार विकास गर्नुपर्ने बताएका छन्। ।

आगामी १० गते हुने अधिवेशनलाई लक्षित गर्दै पौडेलले कांग्रेसका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा जिल्लावासीसँग आफूलाई समर्थन गर्न आग्रह गरेका छन्। आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा जिल्लाको राजनीतिक सुधार र संगठन सुदृढीकरणका लागि भएको उनको भनाइ छ।

उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिका रूपमा नभई नवलपरासी कांग्रेसमा संगठनात्मक सुधार, एकता र नयाँ राजनीतिक संस्कार निर्माणको अवसरका रूपमा लिन आग्रह गरेका छन्। ।

Page Views: 9
संबन्धित शिर्षकहरु
नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama