नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तर रङमा परिमार्जन गरी नयाँ विशेषतासहितको नोट आजदेखि चलनचल्तीमा ल्याएको हो ।
संकेत नम्बर ट ९२ ०००००१ देखि त ५० ९९९९९९ सम्म र बोर्डरमा सिरिज नम्बर ‘२०२५ एडी’ लेखिएको नयाँ नोटमा वैजनी रङको घेराभित्र फिक्का हरियो रङ रहेको छ ।
नोटको पृष्ठ भागको मध्यखण्डमा चितवनको सौराहास्थित सरकारी हात्तीसारमा ‘देवकली’ नामक हात्तीबाट जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र समावेश गरिएको छ ।
राष्ट्र बैंकका अनुसार नोटमा सात वटै प्रदेश जनाउनेगरी सातवटा लालीगुराँसको चित्र र हनुमान ढोकास्थित ऐतिहासिक ‘ल्होंचोक’ को खम्बा आकृति पनि राखिएको छ ।
नोटको अग्र भागको बायाँतर्फ सगरमाथाको चित्र, बायाँतर्फ लालीगुराँसको पानीछाप र त्यसको मुनि ‘१०००’ अङ्कित पानीछापसमेत छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र पनि नोटमा छ ।
नयाँ नोटमा गर्भनर प्रा।डा।विश्वनाथ पौडेलको दस्तखत छ भने दृष्टिविहीन व्यक्तिहरुको सहजताका लागि नोटको दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘एम’, सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, नोटमा ३।५ मिमी चौडाइ भएको विशेष सुरक्षा धागोसमेत राखिएको छ । यसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ । धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकित गरिएको छ । उज्यालो वा प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रुपमा ‘१०००’ देखिनेगरी नोट तयार पारिएको छ ।
यसअघि २०७७ साउन ७ गतेदेखि एक हजार रुपैयाँ दर ९सिरिज २०१९० को नोट संकेत नम्बर ज ६८ ०००००१ देखि ट १० ०९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएपनि संकेत नम्बर ज ६८ ०००००१ देखि ट ९१ ४४०००० सम्मको मात्र प्रचलनमा ल्याइएको थियो ।