Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन

- शुभ बिहानी / शुक्रबार, असोज ०९, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै गत भदाै १० गते नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताएका छन् । प्रधानमन्त्री साहले उक्त विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताएका हुन् ।

महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण भोग्नुपरेको यो त्रासदी केवल नेपालको मात्र नभई सम्पूर्ण मानवताको साझा संकट भएको बताएका हुन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री साहले अगस्ट २६ को बाढीले निम्त्याएको क्षतिबारे विश्वको ध्यानाकर्षण गराएका थिए ।

नेपालको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रधानमन्त्री साहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान शुन्य दशमलव १ प्रतिशतभन्दा कम रहे पनि यसले जलवायु परिवर्तनको गम्भीर मूल्य चुकाउनु परिरहेको यथार्थ प्रस्तुत गरेका थिए ।

हिमनदी पग्लिने र नदीहरूको बहावमा आएको अनपेक्षित परिवर्तनले पहाडी क्षेत्रको भू–बनोटलाई अस्थिर बनाएकोतर्फ उनले सचेत गराउँदै जलवायु न्यायको माग उठाउँदै सहायता प्रक्रियामा रहेको झन्झटिलो प्रणालीको आलोचना गरेका थिए ।

उनले भने, ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ । जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ ।’ विपत्ति न्युनिकरणका लागि उनले नेपाल, भारत र चीनको संलग्नतामा ‘हिमाली जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन् । यस संयन्त्रले उपग्रह तथ्याङ्क आदानप्रदान, हिमनदी तालको अनुगमन र संयुक्त पूर्वसूचना प्रणाली विकासमा काम गर्ने उनको अपेक्षा छ ।

उनले नेपालको संकटमा साथ दिने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाप्रति आभार प्रकट गर्दै थप प्राविधिक र आर्थिक सहयोगका लागि आग्रह समेत गरेका थिए ।

Page Views: 13
संबन्धित शिर्षकहरु
बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
नक्कली सर्टिफिकेटधारी सामाजिक परिचालकउपर मुद्दा
वर्षासँगै विभिन्न स्थानकाे सडक अवरुद्ध
ताजा अपडेट
  • बीपी राजमार्ग अवरुद्ध,सवारीसाधनहरू धुलिखेलमै राेकियाे
  • प्रधानमन्त्री साहद्वारा राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन
  • नक्कली सर्टिफिकेटधारी सामाजिक परिचालकउपर मुद्दा
  • वर्षासँगै विभिन्न स्थानकाे सडक अवरुद्ध
  • एक हजारको नयाँ नोटमा जुम्ल्याहा हात्ती
  • भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
  • दोभानमा ९ घर जलेर नष्ट
  • सुन र चाँदी दुवैको मूल्यमा गिरावट

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama