निरन्तरकाे वर्षासँगै आएकाे कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१, हर्मीचौर जोड्ने मोटरेबल पुल बाढीले बगाएकाे हाे ।
उक्त पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् । उनका अनुसार भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएकाे बताइएकाे छ ।
हाल आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ भने स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको पनि अवस्थीले जनाएका छन् ।