नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा सीमित भएको थियो ।