काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकामा आँखाको स्वास्थ्य परीक्षणका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन भइरहेको छ । गोकर्णेश्वर नगरपालिका र आई केयर, भारत भिजन यूके (Eye Care, Bharat Vision UK) को सहकार्यमा शिविर सञ्चालन गरिएकाे हाे ।
उक्त शिविर नगरपालिकाका सबै वडाका बासिन्दालाई लक्षित गरि सञ्चालन गरिएकाे हाे । असोज १४ गते वडा नं.५ को वडा कार्यालयमा वडा नं. ५, ६ र ७ का बासिन्दाको आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरि आज असोज १५ गते वडा नं. २, का शहरी स्वास्थ्य केन्द्रमा वडा नं. १, २ र ३ का बासिन्दाका लागि संयुक्त रूपमा आँखा जाँच भइरहेको छ भने भाेलि असोज १६ गते वडा नं. ८ को कार्यालयमा वडा नं. ४, ८ र ९ का बासिन्दाका लागि शिविर सञ्चालन गरिने बताइएकाे छ ।
उक्त शिविरमा सहभागी बिरामीहरूको निःशुल्क आँखा परीक्षणसँगै आवश्यकताअनुसार औषधि तथा चस्मासमेत वितरण गरिएको छ । परीक्षणका क्रममा आँखासम्बन्धी विभिन्न समस्या पहिचान भएका नागरिकलाई चिकित्सकीय परामर्श दिइएको छ ।
आँखा परीक्षणका क्रममा मोतियाविन्दु लगायत थप उपचार आवश्यक देखिएका बिरामीलाई थप उपचार तथा शल्यक्रियाका लागि छनोट गरिने पनि नगरपालिकाले जनाएकाे छ ।