Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा

- शुभ बिहानी / बिहिबार, असोज १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रुपमा अकुत सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । श्रेष्ठ २०५३ साउन २७ गते निजामती सेवामा प्रवेश गरेका थिए ।

उनीविरुद्ध उजुरी परेपछि अख्तियारले ०८१ चैत २९ गतेसम्मको सम्पत्ति जाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठ तथा उनका परिवारका सदस्यहरूले सार्वजनिक सेवाबाट प्राप्त तलब तथा भत्ता, जग्गा बिक्री, घरजग्गा बहाल, सवारीसाधन बिक्री, बीमा, ऋण–सापटी तथा बैंक खातामा प्राप्त विभिन्न रकमलगायतका स्रोतबाट कूल ७ करोड ७५ लाख ७८ हजार ८ सय ४० रुपैयाँ ८७ पैसा वैधानिक आय आर्जन पाइएको अख्तियारले जनाएको छ ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोष तथा व्यक्तिगत ऋण–सापटी भुक्तानी र बैंक मौज्दातसमेत गरी कूल १२ करोड ५० लाख २५ हजार ६ सय ५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको देखिएको हो । यसरी कुल वैधानिक आयभन्दा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार उनले गैरकानूनी रुपमा आर्जित रकमबाट घरजग्गा, गाडी, सेयर किनी श्रीमती कमलाको नाममा समेत राखेको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ र २०१७ बमोजिम कमलालाई समेत प्रतिवादी कायम गर्दै उक्त सम्पत्ति जफत गरी सर्भेक्षक सुविन्द्रलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

Page Views: 13
संबन्धित शिर्षकहरु
दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
संघीय संसद्को चालु अधिवेशन अन्त्य
निःशुल्क आँखा जाँच शिविर सञ्चालन
ताजा अपडेट
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन
  • उखु किसानकाे समस्या केही दिनभित्रै हल हुने
  • पेट्रोलियम पदार्थको मूल्य यथावत्
  • महिला उद्यमीको उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित प्रदर्शनी
  • बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama