Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी

- शुभ बिहानी / शुक्रबार, असोज १६, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुई दर्जन बढी सहकारीको नाममा दर्ता भएका सवारीसाधन तत्काल बुझाउन निर्देशनयुक्त चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन तत्काल बुझाउन भनेको हो ।

‘समस्याग्रस्त घोषणा भएका तपसिलबमोजिमका सहकारी तथा उक्त सहकारीहरुले लगानी गरेका वा सञ्चालन गरेका संस्थाहरुको नाममा दर्ता भएकासमेत सबै प्रकारका सवारीसाधन (ढुवानी प्रयोजनमा रहेकासमेत) जहाँ जुन अवस्थामा छन् सोही अवस्थामा नै जो जसको प्रयोगमा रहेको भएपनि तत्कालै यस समितिको कार्यालयमा ल्याई बुझाउनुहुन यसै सूचनाद्धारा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

समितिले सवारीसाधन नबुझाएमा सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम अधिकार प्रयोग गरी सवारीसाधनको प्रयोगकर्ता, सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर र राहदानीसमेत रोक्का राखी प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

समस्याग्रस्त सहकारीको सूचीमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, प्यसिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड, ओरेण्टल को–अपरेटिभ लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड छन् ।

यस्तै, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समाहित संस्थाहरू, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्तको सूचीमा छन् ।

Page Views: 20
संबन्धित शिर्षकहरु
बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
नेपालबाट मनसुन बाहिरिने तयारीमा
सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
ताजा अपडेट
  • बस र ट्रक ठोक्किँदा बस चालककाे मृत्यु
  • नेपालबाट मनसुन बाहिरिने तयारीमा
  • समस्याग्रस्त सहकारीलाई सवारीसाधन बुझाउन निर्देशनयुक्त चेतावनी
  • सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक कारबहीमा
  • नापी सर्भेक्षकको पौने पाँच करोड अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा
  • दलको कार्यक्रममा सहभागी शिक्षकको खोजबिन गर्न निर्देशन
  • संघीय संसद्को चालु अधिवेशन अन्त्य
  • निःशुल्क आँखा जाँच शिविर सञ्चालन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama