आज बिहान कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा स चालककाे मृत्यु भएकाे छ । कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा उक्त दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे ।
बिहान ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।