Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता

- शुभ बिहानी / मङ्गलबार, असोज २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विश्व बैंकका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री स्वर्णिम वाग्लेले अजय बाङ्गासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको हाे ।

भेटवार्तामा नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणलगायत विषयमा छलफल भएको बताइएकाे छ । भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार तथा बिमा एवं सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका थिए ।

द्विपक्षीय भेटवार्तामा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएकाे छन् ।

भेटमा अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारीसमेत दिएकाे बताइएकाे छ ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेकाे थियो ।

Page Views: 17
संबन्धित शिर्षकहरु
कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
चट्याङमा परि सात जना घाइते
ताजा अपडेट
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
  • चट्याङमा परि सात जना घाइते
  • मनकामना केबलकार आज एक दिन बन्द
  • अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama