Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मनकामना केबलकार आज एक दिन बन्द

- शुभ बिहानी / मङ्गलबार, असोज २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखाको प्रसिद्ध मनकामना मन्दिरमा आवतजावतका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द गरिएकाे छ । चितवनको कुरिनटारदेखि गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म जानका लागि सञ्चालित मनकामना केबलकार एक दिन बन्द हुने भएको हाे ।

चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् । उनका अनुसार टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताइएकाे छ ।

महाप्रबन्धक शेरचनले भने “टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो ।” उनका अनुसार असाेज २१ गते बुधबारदेखि केबलकार सेवा नियमित सञ्चालनमा आउने बताइएकाे छ ।

केबलकार बन्द गरी टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिने बताउँदै उनले सेवा बन्द रहने जानकारी सामाजिक सञ्जालमार्फत समेत गरिएकाे बताएका छन् । उक्त केबलकार सेवा बन्दबाट पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
चट्याङमा परि सात जना घाइते
ताजा अपडेट
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
  • चट्याङमा परि सात जना घाइते
  • मनकामना केबलकार आज एक दिन बन्द
  • अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama