Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी

- शुभ बिहानी / मङ्गलबार, असोज २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय र मातहतका निकायमा रहेका केही पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका हुन् ।

राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री गुरुङले लेखेका छन्, “गृह मन्त्रालय र मातहतका निकाय.मा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु। जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।”

गृह मन्त्रालय तथा मातहतका निकायमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने उनले बताएका छन् ।

उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनी दिँदै उनले त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने समेत उल्लेख गरेका छन् ।

Page Views: 18
संबन्धित शिर्षकहरु
कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
चट्याङमा परि सात जना घाइते
मनकामना केबलकार आज एक दिन बन्द
ताजा अपडेट
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
  • चट्याङमा परि सात जना घाइते
  • मनकामना केबलकार आज एक दिन बन्द
  • अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama