Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज २०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी

- शुभ बिहानी / मङ्गलबार, असोज २०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३, का स्थानीय युवा नेता उस्पार सुनारले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

उनले खुला युवा समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । सुनार महाधिवेशनमा कान्छा केन्द्रीय सदस्य उम्मेदवारमध्ये एक हुन् ।

राजनीतिमा युवाको सक्रिय सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै यो उम्मेदवारी दिएको सुनारले बताएका छन् । उनको उम्मेदवारीले काभ्रेबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्वका लागि नयाँ सम्भावना देखाएको समर्थकहरुको भनाइ छ ।

उनको प्रचारमा ‘युवा नेतृत्व, समृद्ध देशको आधार’ भन्ने नारा अघि सारिएको छ । चौरीदेउराली–३, मा स्थानीयस्तरमा राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका सुनारले युवालाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियामा थप प्रभावकारी रुपमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

उनको उम्मेदवारीले काभ्रेका युवा कांग्रेस कार्यकर्तामाझ पनि चासो बढाएको छ । विशेषगरी नयाँ पुस्तालाई पार्टी नेतृत्वमा स्थान दिनुपर्ने बहस भइरहेका बेला सुनारको केन्द्रीय सदस्य पदको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
चट्याङमा परि सात जना घाइते
मनकामना केबलकार आज एक दिन बन्द
ताजा अपडेट
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी
  • चट्याङमा परि सात जना घाइते
  • मनकामना केबलकार आज एक दिन बन्द
  • अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
  • आज हल्का वर्षा र हिमपातकाे सम्भावना
  • चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
  • कांग्रेसको १५औँ महाधिवेशनकाे दाेश्राे दिन बन्दसत्र हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama