Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षा हुने

- शुभ बिहानी / बुधबार, असोज २१, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आज देशकाे विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने बताइएकाे छ । त्यसैगरि हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधिसहित मध्यम वर्षा हुन सक्नेछ भने आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नुका साथै तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने र बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने सम्भावना छ ।

त्यसैगरि राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

जसअुनसार २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ । त्यस्तै १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।

महाशाखाका अनुसार गत २४ घण्टामा कास्कीमा भारी वर्षा भएको थियो भने देशका धेरै ठाउँमा भारी वर्षा भएको बताइएकाे छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
जुम्लामा आज सार्वजनिक बिदा
भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
ताजा अपडेट
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
  • कांग्रेस महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यकाे नामावली सार्वजनिक
  • आज मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित केहि स्थानमा भारी वर्षा हुने
  • कांग्रेस केन्द्रीय सदस्यमा सुनारको उम्मेदवारी
  • गोप्य सूचना सार्वजनिक गरे कडा कारबाही गर्ने चेतावनी

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama