Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म

- शुभ बिहानी / शुक्रबार, असोज २३, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहान ७ बजेबाट मतदान सुरु भएको छ । यसअघि बिहीबार दिउँसाेबाट मतदान सुरु गर्ने समय तय भएपनि मतदान गर्ने समय आज बिहानका लागि सरेको थियाे ।

आज बिहान ७ बजेदेखि सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएकाे छ । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३१७ रहेको छ भने निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ ।

प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्न सक्ने छन् । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नु पर्नेछ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिले मतदान गर्नेछन् ।

त्यसैगरि हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेश हलमा मधेश प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् । पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने र रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको बताइएकाे छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
आजबाट अग्रिम टिकट बुकिङ खुला
पाेखरामा स्कुल बस दुर्घटना
ताजा अपडेट
  • स्कुल बस दुर्घटना अपडेट : ५ जनाकाे मृत्यु
  • आजबाट अग्रिम टिकट बुकिङ खुला
  • पाेखरामा स्कुल बस दुर्घटना
  • बिहान ७ बजेबाट सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म
  • जुम्लामा आज सार्वजनिक बिदा
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
  • कांग्रेसको निर्वाचन दिउँसो एक बजेलाई सारियाे
  • आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama