Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामङ्गलमा रहेको इन्धन डिपो सार्न पहल थालिएको छ ।

त्यसका लागि प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएको भोलिपल्ट अर्थात् शनिबार मन्त्रीसहितको टोलीले हाल डिपो रहेको स्थल र वैकल्पिक स्थलको निरीक्षणसमेत गरेको थियो ।

निरीक्षणपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विमानस्थलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न निर्देशन दिएका हुन् । ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै रहेको यो हवाई इन्धन डिपोले ‘उच्च जोखिममा विमानस्थल र बस्ती’ शीर्षकमा समाचार प्रकाशन भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार डिपो सार्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, सचिव मधुसूदन बुर्लाकोटी र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले डिपोको स्थलगत अध्ययन गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न लागेको जानकारी दिए ।

“अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने सुरक्षा जटिलतालाई न्यूनीकरण गर्न नेपाल आयल निगमलाई तत्काल हवाई इन्धन डिपो सार्न निर्देशन दिएको छु, यसका लागि निगमले आवश्यक तयारी गरिरहेकाले जतिसक्दो छिटो प्रक्रिया अगाडि बढाउँछ,” मन्त्री भण्डारीले भने ।

विमानस्थलनजिकै गुह्येश्वरीमा नयाँ डिपो बनाउने योजना रहेको छ । यसका लागि लाग्ने बजेट निगम आफैँले व्यवस्थापन गर्ने वा अपुग अन्य निकायसँग बजेट माग्न सक्ने मन्त्री भण्डारीले जानकारी दिए ।

नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय, सिनामङ्गलका प्रमुख प्रदीप यादवका अनुसार गुह्येश्वरीमा नयाँ डिपो बनाउन पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा रकम राख्नसमेत मन्त्री भण्डारीले निगमलाई निर्देशन दिए ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले तयार पारेको गुरुयोजना अनुसार सो डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्सनजिकै रहेको गुह्येश्वरीतर्फको ५० रोपनी जग्गाको पनि मन्त्री भण्डारीले अवलोकन गरेका थिए ।

यो जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको हो ।

मन्त्री भण्डारीले अहिलेको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दाका साथै हवाईजहाजसमेत जोखिममा रहेकाले उपलब्ध गराइएको जग्गामा डिपो सार्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई निर्देशन दिए ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको गुरुयोजना अनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागेको हो ।

फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मुख्य धावनमार्गनजिकै धावनमार्गसम्म विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वे बिचको दुरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ ।

ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घनाबस्तीसमेत ठुलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ ।

आयोजनाले सो डिपो अन्यत्र सार्न पछिल्लो तीन वर्षदेखि निगमलाई पत्राचार गर्दै आएको थियो । निगमले भने यस्तो जोखिमयुक्त डिपो सार्न अटेरी गर्दै आएको थियो ।

सिनामङ्गल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६६० किलोलिटर छ । त्यहाँबाट दैनिक चार सय किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ ।

यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताको आठ वटा इन्धन भण्डारण गर्ने भाँडा छन् ।

यही साउन ९ गते सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

गोठाटारतर्फको क्षेत्रमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको थियो ।

यसअघि टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुन सक्थ्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमै पाँच पटक हवाई दुर्घटना भएका छन् ।

जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको सो डिपोका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन् ।

विज्ञका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम छ ।

Page Views: 18
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama