Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय समिति साउन २३ बाट, निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पास गर्ने तयारी

- shuvadmin / मङ्गलबार, साउन २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत तीनवटा दस्तावेज पारित गर्ने तयारी गरेको छ।

यसका लागि साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा सोमबार कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाकाबारे छलफल गरेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिबाट महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ।

सहमहामन्त्री परियारले भने, ‘महासमिति बैठकमा उपसभापतिज्यूले राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ।

महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

३ वटै प्रस्तावमा महासमितिमा व्यापक छलफल भयो। बैठकले आएका सुझाव समेटेर संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुने गरी जुन निर्णय भएको थियो, सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले पारित गर्ने भन्ने कुरा भएको छ।’

सरकारमा रहेर कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने र सरकारमा बसेर कांग्रेसले कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा पनि छलफललाई केन्द्रीकृत गर्ने कुरा भएको परियारले बताए।

कांग्रेसको महासमिति बैठक गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा बसेको थियो।

त्यहाँ प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएको भनिए पनि अन्तिम रूप भने केन्द्रीय कार्यसमितिले दिने निर्णय भएको थियो।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए भने अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक मात्र हुन पाउने व्यवस्था प्रस्ताव गरेका थिए।

उपसभापति खड्काले माओवादीको सशस्त्र संघर्षबारे गरेको टिप्पणी विवादित भएको थियो। कांग्रेसको महासमिति बैठकलगत्तै कांग्रेस र माओवादीबीचको सत्ता साझेदारी टुटेको थियो।

Page Views: 18
संबन्धित शिर्षकहरु
दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama