Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दोस्रो चरणको कोरिया भाषा परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण

- shuvadmin / बुधबार, साउन २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जानकारी गराएको हो ।

सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी

भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (चआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।

सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

पहिलो चरणमा परीक्षामा ४० हजार ५८० जना सहभागी भएकोमा भाषा परीक्षामा छ हजार ३२१ जना उत्तीर्ण भएका थिए ।

पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो ।

दोस्रो चरणको भाषा परीक्षा उत्तीर्ण गरेका आठ हजार ९६५ जना सिप परीक्षा हुन बाँकी रहेको छ ।

एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपीएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो ।

परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ ।

तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।

उनले भाषा परीक्षाका लागि एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएकोमा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताइन् ।

हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

दक्षिण कोरियाले इपीएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ ।

२०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकोमा २०२४ को हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् ।

अन्य देशको तुलनामा नेपाली काम अवैधानिक बस्ने र मेहनती भएको बताउँदै कोरियाले यो वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३.२ प्रतिशत थप गरेर १६ हजार चार सय बनाएको छ ।

यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ ।

कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।

कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो श्रमिक लैजान हाल रोस्टरमा रहेकाको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama