Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जाजरकोट जीप दुर्घटनामा परेर मृत्यु हनेको संख्या २ पुग्यो, यी हुन् १३ घाइते

- shuvadmin / बिहिबार, साउन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जाजरकोट, जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

जीप दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउने क्रममा भेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा जीप चालक भेरी नगरपालिका–६ गंगटियाका ३४ वर्षीय मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा भेरी नगरपालिका–६ बस्ने २८ वर्षीय सपना वि।क, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दू शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सिता पुन, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना, उनका ४ महिनाका छोरा प्रज्वलन घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हिरा सार्की घाइते भएकी छन्।

जीप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

Page Views: 117
संबन्धित शिर्षकहरु
जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama