Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोटिहोम आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि पशुपतिमा तनाव

- shuvadmin / शनिबार, भदौ ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ।

महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि महायज्ञ स्थल तनावग्रस्त भएको हो।

विजय कृष्णमूर्तिले शुक्रबार मध्यराति फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न गौशाला प्रहरी आएको भन्दै आफ्ना भक्तजनरसमर्थकहरूलाई प्रतिकार गर्न आदेश दिएका थिए।

त्यसलगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए। यस क्रममा सादा पोसाकमा रहेका केही प्रहरीलाई हातपात पनि भएको छ।

यस विषयमा बुझ्दा काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले शुक्रबार राति पशुपतिमा प्रहरी पठाइएको र केही बेर तनाव भएको पुष्टि गरे।

उनले भने, ‘केही बुझ्नु थियो, त्यसैका लागि प्रहरी गएको थियो’, एसपी अधिकारीले शनिबार बिहान भने, ‘तर त्यहाँ तनाव भएछ, केही प्रहरीमाथि हातपात पनि भएको छ।’

तर उनले विषय प्रस्ट खुलाउन चाहेनन्। ‘यस विषयमा हामी वास्तविकता बुझ्दै छौँ’, एसपी अधिकारीले भने।

अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको उनले बताए। साउनभरका लागि आयोजित महायज्ञको हिजो (साउन ३२) अन्तिम दिन थियो।

यसैबीच कथावाचक रामकृष्ण उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘हिजो (शुक्रबार) राति प्रहरी प्रशासनले पशुपतिनाथ मन्दिर, कोटिहोम परिसरमा जे गर्‍यो भनेर बाहिर आयो, सो गलत नै गरेको भन्ने हाम्रो ठहर हो।

भित्री कारण अनेकौँ हुन सक्लान्, तर ज्यानमारालाई धरपकड गर्न गएजस्तै गर्नु अधैर्यताको परिणाम हो। भित्री कुरा चाँडै बाहिर आओस्। सन्देश राम्रो गएन।’

Page Views: 109
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama