Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सोलुखुम्बूमा थामे बाढीमा पानीको मात्रा केही कम भएपनि कटान जारी

- shuvadmin / शनिबार, भदौ ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सोलू, सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिका-५, थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान गर्ने क्रम जारी छ।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीले खुम्बू र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान गरिरहेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीले खोलामा पानीको मात्रा केही कम भएपनि कटान भने जारी रहेको बताए।

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ।

खुम्बू पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र सारेको छ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ।

बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बू पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक घिमिरेले भने, ‘बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पुर्‍याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ।

बाढी आउनुको कारण खुल्न सकेको छैन।’

Page Views: 25
संबन्धित शिर्षकहरु
आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama