Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ निर्माण गरिने

- shuvadmin / मङ्गलबार, भदौ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ तक्मा याराक्मा तेन) निर्माण गरिने भएको छ ।

सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा धान नाच स्तम्भ निर्माण गरिने भएको हो ।

धान नाच स्तम्भको किराँत याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले सोमबार शिलान्यास गरेका छन् ।

किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले उक्त स्तम्भ निर्माण गर्न लागेको हो ।

लिम्बू जातिको मौलिक संस्कृतिअन्तर्गत रहेको धान नाच (याःलाङ) को स्तम्भ स्थापना गर्न लागिएको कियाचु ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताए ।

पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गर्न लागिएको मेन्याङ्बोले बताए ।

धान नाच झल्कने गरी स्तम्भ निर्माण गर्न लागेको र निर्माण हुने स्तम्भ (प्रतीमा) ले संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास कियाचुले राखेको पनि उनको भनाइ छ ।

यस्तै, जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार दुई पुरुष र दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरेको स्तम्भ निर्माण गरिने भएको छ ।

धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको प्रतिमा देखिनेगरी डिजाइन (आकृति) तयार गरिएको पनि कियाचु शाखा अध्यक्ष मेन्याङ्बोले बताए ।

यता धान नाच स्तम्भ निर्माणमा करिब ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ । कियाचुका अनुसार स्तम्भको उचाइ छ फुटको हुने छ ।

बाहिरबाट स्तम्भ निर्माण गरेर ल्याउँदा खर्चालु हुने र टुटफुटको जोखिमसमेत हुने भएकाले जिल्लाभित्रै ३२ लाख रुपियाँको लागतमा स्तम्भ निर्माण गर्नेगरी कियाचु र कालीगढबिच समझदारी गरी निर्माण सुरु गरिएको छ ।

स्तम्भ प्रतिमा आगामी मङ्सिरभित्र निर्माणको काम सक्नेगरी काम सुरु गरिएको पनि कियाचुले जानकारी दिएको छ ।

लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच वैवाहिक लगायतका क्रियाकलापमा नाच्ने गरिन्छ ।

यवायुवतीसहित सबै उमेरका मानिसले एकअर्काको हात समाएर पालाम (लिम्बू संस्कृतिमा आधारित गीत) गाउँदै धान नाच्ने गरिन्छ ।

मौलिक सांस्कृतिक कार्यसँगै विभिन्न मेला, महोत्सवसहितका कार्यक्रममा लिम्बू जाति र अन्य समुदायका मानिसले समेत धान नाच्ने गर्दछन् ।

स्तम्भको शिलान्यास कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ)जस्ता गतिविधिसमेत प्रस्तुत गरिएको थियो ।

Page Views: 76
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama