Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच वर्षपछि मध्यपुर थिमिमा आज सुरु हुँदैछ महाकाली प्याखँ, चार दिनसम्म चल्ने

- shuvadmin / बुधबार, भदौ ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुर, मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा मौलिक महाकाली प्याखँ (नृत्य) पाँच वर्षपछि पहिलो पटक आजदेखि प्रदर्शन सुरु हुँदैछ ।

विभिन्न १६ देवीदेवताको मुकुन्डो र पोशाक लगाएर तान्त्रिक विधि पूरागरी नाचिने महाकाली प्याखँ आज साँझ ६ बजेदेखि सुरु हुनेछ ।

मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतका बाजाको संयुक्त तालमा नाचिने प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भूत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ गरी १६ देवीदेवताको प्रतीकका रुपमा नाचिने गरिन्छ ।

यस वर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डङ्गोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवाल मुकुण्डो तथा पोसाक लगाएर नाच नाच्नेछन् ।

यस्तै वाद्यबाधन समूह गरी ५० जनाभन्दा बढी कलाकारको सक्रिय सहभागिता रहने यो प्याखँ दैनिक करिब चार घन्टाका दरले नगदेशका विभिन्न टोलमा प्रदर्शन गरिन्छ ।

महाकालीमा विभिन्न २१ ताल रहेको र विभिन्न फरकफरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देविको एकल नाच पनि प्रदर्शनी हुनेछ ।

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।

पहिलो दिन आज साँझ ६ बजेदेखि नाचिने यो नाच नगदेशका लाछी (गणेश मन्दिर अगाडि) , दोस्रो दिन भदौ ६ गते नगदशेको वाहाननी, तेस्रो दिन भदौ ७ गते छ्वास त्वाः र अन्तिम दिन भदौ ८ गते साँझ ६ बजेदेखि नगदेशको सम्पूर्ण क्षेत्रमा प्रदर्शन गर्नुका साथै मोसी र सगुन ग्रहण गरिने भएको छ ।

मध्यपुरथिमिलाई भूतप्रेत, पिचास र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा सुरु भएको बताइन्छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama