Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छः उपराष्ट्रपति यादव

- shuvadmin / शुक्रबार, भदौ २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

चारैतिर हरियाली र प्रकृति नै रमणीय देखिने समयमा मनाइने तीज अत्यन्तै उमङ्ग, उल्लास, आनन्द, प्रेम र मिलनको भाव एवं सन्देश लिएर आउँने गर्दछ ।

हरेक वर्षको भाद्र शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व हाम्रो धार्मिक श्रद्धा र पति–पत्निको प्रेमलाई प्रगाढ बनाउने त्योहार भएको उनले उल्लेख गरेका छन् ।

कुमारी कन्याहरु पार्वती झै आफ्ना लागि शिव जस्तै मनोवान्छित वरको कामना गर्दछन । विवाहिताहरु भने पार्वती जस्तै आफूलाई सदा सौभाग्यवत्ती रहन तथा आफ्ना पतिबाट शिव जस्तै अनुराग प्राप्त गर्ने कामना गर्ने परम्परा छ ।

त्यस्तै चौरचन (चकचना) पर्व मधेसका जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले फलफूल तथा विभिन्न मौलिक प्रसादसहित आस्था र निष्ठापूर्वक चौरचन९चकचना० पर्व मनाउने चलन रही आएको छ ।

यो पर्वमा धार्मिक विधि–विधान अनुसार चन्द्र देवको पूजा–उपासना गरिन्छ । गणेश चौठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा पुरी, खीर, दही, नरिवल, केरा र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पर्वको अनुष्ठान सम्पन्न गरिन्छ ।

उपराष्ट्रपति यादवले यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्वभाव र प्रेमभाव अभिवृद्धि गर्न सघाउने उल्लेख गर्दै धार्मिक मान्यताअनुसार भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीमा चन्द्रमाको पूजा गर्दा साधकरश्रद्धालुलाई शारीरिक र मानसिक कष्टहरुबाट मुक्ति प्राप्त हुने बताउनुभएको छ ।

साथै चन्द्र दोष समाप्त हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रही आएको छ ।

रासस

Page Views: 57
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama