Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कतार पठाइयो नेपाली हरियो तरकारीको पहिलो खेप

- shuvadmin / बिहिबार, भदौ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कतारमा नेपालले हरियो तरकारीको पहिलो खेप निर्यात गरेको छ।

त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा एक समारोहका बीच हरियो तरकारी कतार पठाइएको हो।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसन (सीएफआरडी)को कृषि प्रवर्द्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइएको हो।

समारोहमा सीएफआरडीका पदाधिकारी, कार्यक्रममा आबद्ध नेपाली उत्पादकलगायतले कतारी अधिकारीहरूलाई तरकारी हस्तान्तरण गरेका थिए।

कतार पठाइएका तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन्।

सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो।

सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ।

सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो।

त्यसपछि सन् २०२३ मा भने अफसिजन तरकारी खेतीमा तारकेश्वर नगरका किसानलाई तीनमहिने विशेष तालिम दिएको थियो।


सीटीईभीटीसँग मिलेर दिइएको तालिमसँगै सीएफआरडीले आवश्यक कृषि यन्त्र र सामग्री पनि उपलब्ध गराएको थियो।

त्यसपछि यो कार्यक्रम एन–एग्रो प्रालिसँग मिलेर सीएफआरडीले दक्षिणकाली नगरपालिकामा विस्तार गरेको थियो।

यसअन्तर्गत उत्पादित तरकारी बाली कतार निर्यात गरिएको सीएफआरडीले जनाएको छ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama