Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

थप २७० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिँदै

- shuvadmin / बुधबार, असोज ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा, एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०।३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।

लामो समयदेखि प्रसारण लाईनमा समस्या देखिएपछि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा मङ्गलबार रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण र संवादपछि वातावरण सहज भएको हो ।

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भएपनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सव स्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरुबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भएपछि उर्जामन्त्री आफैँ स्थलगत निरीक्षणमा खटिएका जानकारी मन्त्री खड्काको सचिवालयले दिएको छ ।

मन्त्री खड्काले प्रसारण लाईन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताए ।

“गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनता प्रत्यक्ष मारमा परेका छन्, अब हेलचक्र्याँई गर्ने ठाउँ छैन,”– उर्जामन्त्री खड्काले भने ।

नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत खेर गइरहेको थियो ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत त्रिशुली थ्री बी हव २२०/१३२/३३ केभी ९३२० एमभीए० क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको मातातीर्थ सवस्टेशनमा परयाराइनेछ ।

चिलिमे हवदेखि त्रिशुली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाईनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किट लाईन (२४ वटा टावर) रहेका छन् ।

चार सर्किट लाईन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशुली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युतलाई त्रिशुली थ्रि वी हवसम्म जोडि राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत प्रवाह गरिनेछ ।

प्रसारण लाईनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भएतापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मीटर लम्बाई), मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मीटर लम्बाई) मा तार तान्ने कार्य भईरहेको छ ।

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाईन निर्माणको कामलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत आयोजनाको टेस्टिङ कमिसनिङ कार्यसमेत सम्पन्न गर्न निर्देशन दिए ।

जलविद्युत आयोजना र प्रसारण लाईन निर्माणको तालमेल नमिल्दा दैनिक करोडौँ रुपैँया राज्यले नोक्सानी ब्यहोरी रहेको उनको भनाई थियो ।

निरीक्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रीडमा जोड्न सरकारले पहल गर्नुपर्ने बताए ।

निरीक्षणमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाईन तथा सवस्टेशनको स्थलगत पुगेका थिए ।

Page Views: 43
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama