Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोरखा मिडियामा रकम दिने सहारा बहुउद्देश्यीय सहकारी संस्थाका १७ जनाविरुद्ध मुद्दा दायर

- shuvadmin / बुधबार, असोज ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गोरखा मिडिया प्रालिमा साढे तीन करोड रुपैयाँ दिएको चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

गोरखा मिडिया विभिन्न सहकारीबाट अवैध तरिकाले रकम लगानी ल्याएर सञ्चालनमा आएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारीको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।

प्रहरीले जीबीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा भनिएको छ, ‘गितेन्द्रबाबु राई कार्यकारी अध्यक्ष रहेको विभिन्न कम्पनी तथा प्रालिहरूमा लगानी गरी सहारा चितवन बहुउद्देश्यीय सहकारीले पाउनुपर्ने भनी वित्तीय कारोबारको अभिलेख रहेको ।’

गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको भनिए पनि ३ करोड ५० लाख रुपैयाँ गएको देखिएको जनाइएको छ ।

गोरखा मिडियाका समेत अध्यक्ष रहेका जीबी राईले आफू नै अध्यक्ष रहेको साहारा सहकारीबाट ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

सहकारी ठगी कसूरमा आरोपीहरूविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।

Page Views: 91
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama