Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका दुवै सडक अवरुद्ध

- shuvadmin / शुक्रबार, असोज ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौँडा, हेटौँडा–काठमाडौँ आवतजावत गर्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका छन्।

बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बिहीबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सुकौरामा पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसगरी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ पनि बिहीबार बिहानैदेखि अवरुद्ध छ।

बुधबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

अविरल वर्षापछि माथीबाट पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो अझै हटाउन नसकिएको मकवानपुर प्रहरीको भनाई छ।

सडक विभाग र फास्ट ट्याक आयोजनासँग समन्वय गरी सडकको अवरोध हटाउने पहल गरिए पनि निरन्तरको वर्षाका कारण पहिरो पन्छ्याउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ।

Page Views: 88
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama