Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पहिरोले स्थल मार्ग अवरुद्द भएपछि एयरलाइन्सले थापे नाफाको जाल, देखाए मानवीय संकटमा अमानवीय व्यापार

- shuvadmin / आइतबार, असोज १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अविरल वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश सडक मार्गहरू अवरुद्ध भएका छन् ।

अहिले काठमाडौं उपत्यकामा आउजाउ गर्नका लागि हवाई यातायातको विकल्प छैन । तर, आन्तरिक उडान गर्ने विमान कम्पनीहरूले यही बेलामा भाडा बढाउन थालेका छन् ।

दशैँ मनाउन उपत्यका छोड्नेहरूले अग्रिम टिकट बुकिङ गर्न थालेको अवस्थामा हवाई भाडा बढाइएको हो ।

दशैँमा उपत्यका (काठमाडौं)बाट जानेहरू धेरै हुने भएपनि फर्कँदा खाली आउनुपर्ने एयरलाइन्सहरूको तर्क छ ।

नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा आफूहरू माथि नगएको दाबी पनि एयरलाइन्सहरुले गरेका छन् ।

काठमाडौंबाट विराटनगर जान सामान्य अवस्थामा ५ हजार ५ सयमा टिकट पाइन्थ्यो । अहिले त्यही टिकटको ९ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ ।

नेपालको आन्तरिक उडानमा सबैभन्दा महँगो हवाई भाडा काठमाडौं-धनगढीको हो । यो गन्तव्यको अरु बेला ७ हजार ९०० रूपैयाँसम्ममा टिकट पाइन्थ्यो ।

अहिले एयरलाइन्सहरूले यात्रुहरूबाट ११ हजार रूपैयाँसम्म ठटाउन थालेका छन् । यी दुई प्रतिनिधि भाडादर हुन् ।

अधिकांश कम्पनीहरूले भाडादर माथिल्लो सीमामा पुर्‍याएका छन् । यसलाई ती एयरलाइन्सहरूले पनि स्वीकार्छन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले एयरलायन्सहरूले लोअर लिमिट (तल्लो सीमा) को टिकट बिक्री गरिसकेकाले माथिल्लो सीमा (अपर लिमिट) मा बिक्री भइरहेको बताए ।

काठमाडौंबाट विराटनगर जाने भाडा ९ हजार ९ सय माथिल्लो सीमा हो ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी सरकारले तोकेको भाडादरमै आफूहरूले यात्रु उडाइरहेको बताउँछन् ।

सामान्य अवस्थामा भन्दा अहिले भाडा दर महंगो भएको विषयमा उनले दशैँको बेला पहिले पनि यस्तै गर्ने गरेको तर्क गरे ।

‘केही बढेको हो तर सरकारले दिएको माथिल्लो सीमाभन्दा माथि गएका छैनौं,’ जोशीले भने ।

यता वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की भने ६ वर्षदेखि एउटै भाडादर कायम भएको बताउँछन् ।

उनले भने, ‘हामीले भाडादर बढाएका छैनौं । ६ वर्षदेखि एउटै छ । बरु इन्धनको मूल्य घटबढ हुँदा फ्युल सरचार्ज भने अपडेट हुन्छ ।’

यता यतिएयरलाइन्सका प्रवक्ता बर्तौला काठमाडौंबाट बाहिर जानेबेला भरिने जहाज फर्किने बेला खाली हुने भएकाले अधिकतम मूल्यमा रहेर टिकट बिक्री गर्न थालेको बताउँछन् ।

उनले भने, ‘जहाजको एउटा उडानमा २ लाख खर्च हुन्छ । आउँदा ५० हजार मात्र उठ्ने भएपछि जाने यात्रुहरूसँग आउने भाडा पनि जोडेर लिनु परिहाल्यो ।

तर, सरकारले तोकेको माथिल्लो सीमाभन्दा हामी माथि गएका भए कारवाही भोग्न तयार छौं ।’

प्रधानमन्त्रीको आग्रहः सहुलियत दरको भाडा कायम गर्नु

हवाई भाडा बढेको जनगुनासोसँगै अमेरिकामा रहेका प्रधानमन्त्री केपी ओलीले सहुलियत दरको हवाई भाडा कायम गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हवाई भाडा अरु बेलाभन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ ।

हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’

Page Views: 51
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama