Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापामा सीटीसी चियाले पायो आकर्षक मूल्य, भारत निकासी ३६ प्रतिशतले वृद्धि

- shuvadmin / मङ्गलबार, कार्तिक २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, भारतीय बजारमा सीटीसी चियाको माग बढेसँगै यस पटक पूर्वी नेपालका चिया किसान र उत्पादकले आकर्षक मूल्य पाएका छन् ।

गत वर्ष १५ रुपैयाँ प्रतिकिलोमा बिकेको हरियो पत्तीको मूल्य यस पटक ५० रुपैयाँसम्म पुगेको छ । नेपालमा उत्पादन भएको ७५ प्रतिशत सीटीसी चियाको बजार भारत हो ।

भारतमा उत्पादन बढी हुँदा नेपाली सीटीसी चियाको मूल्य घट्ने गरेको थियो । यो वर्ष भने भारतमा उत्पादन घटेकाले हरियो पत्तीको मूल्य बढेको किसानहरूले बताएका छन् ।

कोशी प्रदेशको झापा, इलाम, पाँचथर, मोरङ र धनकुटामा चियाको खेती हुँदै आएको छ । यी जिल्लामध्ये झापामा सबैभन्दा बढी सीटीसी चियाको खेती हुने गरेको छ ।

झापा बाहुन डाँगीका चिया किसान मानबहादुर भारतीले यस पटक हरियो पत्तीले राम्रो मूल्य पाएको बताए । ८ रुपैयाँ प्रतिकिलो हरियो चिया पत्ती बेचेका किसानले यो वर्ष ५० रुपैयाँसम्म मूल्य पाएको उनले बताए ।

नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतमा चिया उत्पादनमा कमी आउँदा यो वर्ष १८५ रुपैयाँसम्ममा तयारी चिया बिकेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार झापामा मात्रै १ करोड ८५ लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ ।

झापामा ४ हजार ६६० हेक्टरमा सीटीसी चियाको खेती हुने गरेको बोर्डको तथ्याङ्क छ ।

चिया निर्यात बढ्यो

पूर्वी नाका काँकडभिट्टाबाट ३६ प्रतिशतले चिया निर्यात बढेको छ । २०८१र८२ को पहिलो त्रैमासिकमा मेची भन्सार हुँदै ३६ प्रतिशतले चिया निर्यात बढेको हो ।

कार्यालयका अनुसार साउन, भदौ र असोजमा मात्रै ६ हजार ४२६।७६ मेट्रिक टन चिया भारत निर्यात भएको छ ।

चालू आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

आव २०८०र८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।

यस वर्ष चियाको मूल्य ५०।८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

चिया किसान सहकारी सङ्घ झापाका अध्यक्ष हर्क तामाङले भारतमा सीटीसी चियाको माग बढेको भए पनि निर्यातमा अझै समस्या रहेको बताए ।

उनले विभिन्न बहानामा निर्यातमा भारतले दुःख दिँदै आएको गुनासो गरे । उनले भने, ‘अहिले पनि भारत सरकारले चिया निर्यातमा दुःख दिँदै आएको छ ।

कहिले छापा हान्ने हल्ला फिँजाइन्छ त कहिले गुणस्तर नभएको भन्दै सामान रोकिन्छ । व्यापारीहरुले लगेका कारण चिया निर्यात भइरहेको छ ।’

Page Views: 28
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama