Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेफ्स एसोसिएसन अफ नेपालको साधारणसभामा नेपाली मौलिक खानाको प्रर्दशन

- shuvadmin / शुक्रबार, कार्तिक २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा नेपाली मौलिक खानाको प्रवर्द्धन गरिएको छ ।

पर्यटन विकासलाई टेवा पुर्‍याउन आयोजना गरिएको प्रर्दशनीमा सातै प्रदेशका १३ प्रकारका रैथाने मौलिक खाना समावेश गरिएको थियो ।

नेपाली मौखिक खानाको प्रवर्द्धनले राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको पहिचान गराउने एसोसिएसनले जनाएको छ ।

नेपालको पर्यटन विकासका लागि यूता प्रर्दशनीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास एसोसिएसनको छ ।

नेपालका हिमाली जडीबुटीलाई मसलाका रूपमा प्रयोग गरी पकाइने भएकाले पनि नेपाली खानाका परिकारले अन्तर्राष्ट्रिय रुतरमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

कतिपय देशहरूमा नेपाली खानालाई आफ्नो देशको खाना भन्दै विक्री गरिरहेकाले पनि नेपाली रैथाने खानाहरूको प्रदर्शनले नेपालको खाना संस्कृति र पहिचान संरक्षण गर्न मद्दत गर्ने एसोसिएसनले आशा गरेको छ ।

प्रदैशनीमा नेवारी परम्परागत खाना चटामरी, आलु, तामा र बोडी,पहाडी क्षेत्रको खाना कोदो तथा सिस्नुको सुप,सादा स्थानीय खाना,कालो मासको दाल,स्वेदी अचारका विभिन्न प्रकारहरू,गुल्मी तथा धादिङ लगायतका क्षेत्रमा उत्पादित कफी,लेक क्षेत्रमा पाइने टिमुरको छोप लगायत विभिन्न रैथाने खानाहरू प्रदर्शनीमा राखिएका थिए ।

नेपाली मौखिक खानको प्रवर्द्धन र पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले मौलिक खानाका स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न रैथाने खाना प्रदर्शनीमा राखिएको थियो ।

विश्वका विभिन्न मुलुकमा नेपालीले सञ्चालन गरिरहेका होटेल तथा रेस्टुराँहरू र केही पाँचतारे होटेलमा नेपाली खानालाई अझै परिमार्जन र परिष्कृत गर्दै विश्वव्यापीकरण गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी र पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले पानसमा बत्ती बालेर संयुक्त रुपमा उदघाटन गरेको एसोसिएसनको बार्षिक साधारणसभामा राज्यमन्त्री चौधरीले नेपाली संस्कृति पहिचान र मौलिक खानालाई पवश्व सामु चिनाएको बताए ।

नेपाल र नेपाली परिकारको वारेमा विश्वलाई परिचित गराउने एसोसिएसनको अभियानलाई सरकारले सक्दो सहयोग गर्ने बताएका थिए ।

एसोसिएसनका अभ्यक्ष रेसमकुमार लामाले लामो संघर्ष र निरन्तरको मेहनतले नेपाली मौलिक खाना विश्वसामू चिनाउन बिभिन्न गतिविधि गर्दै बताए ।

उनले नेपाली खानालाई विश्व माझ चिनाउने तथा नेपाली पर्यटन प्रर्वधनमा टेवा पर्याउन एसोसिएसनले अथक प्रयास गरिरहेको दावी गरे ।

देशको अर्थतन्त्र मजवुत बनाउन, गुणस्तरीय र मिसावट रहित खानाको प्रर्वधन गर्न, अग्रजलाई सम्मान गर्दै आउँदो पुस्तालाई प्रोत्साहन र हौसला प्रदान गर्ने काम एसोसिएसनले लिएको अध्यक्ष लामाको भनाइ थियो ।

आगामी दिनमा संस्थालाई आर्थिक, सामाजिक, भौतिक रूपमा सु—सम्पन्न बनाउदै, एकताबद्द गराउँदै सबै नेपाली सेफहरूलाई र नेपाली खानालाई विश्व माझ चिनाउने योजना एसोसिएसनको रहेको छ ।

नेपाली पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने र नेपालमा आउने बाह्य र आन्तरिक पर्यटकलाई समेत नेपाली मौलिक खाना चिनाउनुका साथै देशको अर्थतन्त्र मजबुद बनाउने काममा एसोसिएसन लागि परेको छ ।

राम्रो गुणस्तरीय खानाको शिक्षा दिने र विश्व माझ नेपाल र नेपाली मौलिक खानालाई चिनाउने कामलाई अझ शशक्त रुपमा लैजाने योजना रहेको छ ।

पर्यटन तथा सेफ्स र नेपाली खानासँंग सम्बन्ध राख्ने संघ संस्थाहरूसंँग संस्थागत सहकार्य र एकता गर्ने कामले निरन्तरता पाउने छ ।

संस्थागत पुँजी वृद्धि गर्न र सदस्य राहात तथा सहयोग कार्यक्रम गर्न एसोसिएसनकोे बिधान अनुसार सेफ्स कल्याणकारी कोष २०८१ स्थापना गरिएको छ ।

सदस्यहरूलाई नेतृत्व विकास तालिम र ईनसर्भिस कोर्षलाई निरन्तरता दिंदै सेफसहरूलाई पाककलाको प्रतिस्पर्धा मार्फत राष्ट्रिय र अन्तरास्ट्रिय मिडियामा परिचित गराउने कामले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।

सेफ्सहरुको हक हितका लागि स्थापना भएको एसोसिएसनमा अहिले करिव १ हजार दुइ सय भन्दा बढी सेफ्सहरु आवद्द रहेका छन् । यसमा करिव २० प्रतिशत पहिला रहेका छन् ।

साधारणसभाकै अवसर पारेर एसोसिएसनका पूर्व अध्यक्ष, २५ बर्षभन्दा बढी पाककलामा लागेका सेफ्सहरुलाई सम्मान गरिएको थियो । नेपाली पाककलामा बिषयमा निरन्तर कलम चलाउने पत्रकार कुमार चौंलगाईलाई समेत सम्मान गरिएको थियो ।

एसोसिएसनले सञ्चालन गरेको सेफ्स तालिम लिएर पाु आउट भएका प्रशिक्षार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि राज्यमन्त्री चौधरीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाल पर्यटन बोर्डको सभा हलमा भएको कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि पथियो प्रस्तुत गरिएको थियो ।

Page Views: 71
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama