Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२० वाणिज्य बैंकमध्ये ११ वटाले बैंकले मंसीर महिनाका लागि घटाए ब्याजदर

- shuvadmin / शुक्रबार, कार्तिक ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मंसिर महिनाका लागि धेरै वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको नयाँ ब्याजदर २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका छन् ।

८ वटाले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ, नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् ।

नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् ।

त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् ।

संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

सानिमा बैंक

सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।

बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ ।

अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशतले घटाएको छ ।

मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.५० प्रतिशतले घटाएको छ ।

यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४ प्रतिशत ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः १.५० र १.०० प्रतिशतले घटाएको छ ।

यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंक

नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दूले घटाएको छ ।

यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर दिनेछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०।७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १।२५ प्रतिशत विन्दुले घटाएको छ ।

मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र २.५० प्रतिशत ब्याज दिनेछ जनाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक मंसिर महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।

यस अनुसार बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

एभरेस्ट बैंक

एभरेस्ट बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०.१५ प्रतिशत विन्दूले घटाएको छ ।

यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.५० र ०.७५ प्रतिशतले घटाएको छ ।

यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत विन्दूले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एयथावत राखेको छ ।

अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको हो ।

नेपाल बैंक

नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.१९ प्रतिशतले घटाएको छ ।

मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.११ प्रतिशत ब्याजदर दिनेछ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ९एनआईएमबी० ले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः ०.५० र ०.२५ प्रतिशतले घटाएको छ ।

बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.३४ प्रतिशत घटाएको छ ।

बैंकले मंसिर महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.०१ प्रतिशत र ४.०१ प्रतिशत ब्याज दिनेछ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०।१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ ।

बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर घटाएको छ ।

बचत खातामा ०।०२ प्रतिशत, व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशतका दरले ब्याज घटाएको हो ।

बंैकले मंसिर महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

प्रभु बैंक

प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन् ।

आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशतमा यथावत रहनेछ ।

प्राइम कमर्सियल बैंक

साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ ।

आगामी महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशतले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ ।

अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ ।

यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक

बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि अधिकतम ३.१० प्रतिशत ब्याज पाइन्छ ।

त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ५.७५ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम २.५० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । साधारण बचत खातामा १२ वटा बैंकको ब्याज ३.०० प्रतिशत छ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा सिटिजन्स बैंकले तोकेको ५.७५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ ।

यो खातामा एभरेस्ट र एनएमबि, राष्ट्रिय वाणिज्य र बैंकले सबैभन्दा कम ४.०० प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।

यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले तोकेको ३.३० प्रतिशत ब्याज नै सबैभन्दा धेरै देखिएको छ ।

त्यस्तै, कृषि विकास बैंकको ब्याजदर सबैभन्दा कम २.५० प्रतिशत रहेको देखिन्छ ।

Page Views: 74
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama