Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

४ महिनामा झण्डै २० अर्बको लगानी प्रतिबद्धता, प्रतिबद्धताअनुसार लगानी भित्रिए ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउने

- shuvadmin / आइतबार, मङि्सर ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट उनीहरुले चार महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार, अप्रुभल रुट ९स्वीकृति लिएर०बाट १५४ उद्योगका लागि १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँबराबर लगानी भित्र्याउन स्वीकृति लिएका छन्।

यसबाहेक सेयर खरिदलगायतमा २५ उद्योगका लागि १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८ सय ५० रुपैयाँबराबरको लगानी भित्र्याउन विभागबाट स्वीकृति लिइएको छ।

चार महिनामा जनाइएको लगानी प्रतिबद्धताअनुसार लगानी भित्रिए ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउन सक्नेछन्।

स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको विभागले जनाएको छ।

गत कात्तिकमा मात्रै विदेशी लगानीकर्ताले स्वचालित रुटबाट ६१ करोड ३७ लाख ९६ हजार ८ सय रुपैयाँ ३६ उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै २३ उद्योगका लागि १ अर्ब ६१ करोडबराबरको लगानी प्रतिबद्धता आएको छ। सेयर खरिद तथा सब्सक्रिप्सनमा उनीहरुले कात्तिकमा एक उद्योगको लागि २ करोडको लगानी प्रतिबद्धता गरेका छन्।

सबैभन्दा बढी साना उद्योगमा लगानी प्रतिबद्धता धेरै आएको छ। १५१ यस्ता उद्योगमा प्रतिबद्धता आउँदा मध्यमखालको उद्योगका लागि १ र ठूलाखालको उद्योगका लागि २ वटा प्रतिबद्धता प्राप्त भएको विभागले उल्लेख गरेको छ।

यसमा पनि पर्यटनमा सबैभन्दा बढी, त्यसपछि सेवा, उत्पादन, कृषि, ऊर्जा, खनिज र सूचना प्रविधि क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ।

यसैबीच नेपालमा बिजनेस भिषा सिफारिस माग्ने विदेशी लगानीकर्ताको संख्या पनि बढेको छ।

विभागका अनुसार गत आवको ४ महिनामा १ हजार ५ जनाले यस्तो भिषा मागेकामा यस वर्षको सोही अवधिमा १ हजार २० जना पुगेको छ।

त्यसैगरी लगानीकर्ताको प्रतिनिधि पनि यस वर्ष बढेर २०५ जना पुगेको छ। यसबाहेक बिजनेस भिषा सिफारिस लिने लगानीकर्ताको डिपेन्डेन्टको संख्या पनि यस वर्ष बढेर ३३२ पुगेको छ।

यो चार महिनामा लगानीकर्ताले नेपालबाट फिर्ता लगेको रकममा पनि उल्लेख्य गिरावट आएको छ।

लगानीकर्ताले उक्त अवधिमा ३८ करोड २२ लाख ५४ हजार ७ सय २९ रुपैयाँ रोयल्टी स्वदेश फिर्ता लगेका छन्।

जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा निकै कम हो। अघिल्लो वर्ष उनीहरुले ७४ करोड ८६ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ राजस्व फिर्ता लगेका थिए।

अमेरिकी डलरमा यो अवधिमा उनीहरुले ८ लाख १५ हजार ५ सय २१ डलर फिर्ता लगेका छन्।

गत वर्ष सोही अवधिमा यस्तो रकम ५ लाख ९१ हजार ४ सय ६८ थियो। डलरमा फिर्ता गएको रकम भने यो अवधिमा बढेको देखिएको हो।

लगानीकर्ताले भारुमा यस वर्ष २० करोड ५ लाख १ हजार १२८ भारु फिर्ता लगेका छन्।

गत वर्ष सोही अवधिमा १९ करोड २० लाख २५ हजार भारु लगेका थिए। यस वर्ष युरोमा १० हजार २ सय रोयल्टीबापत फिर्ता गएको छ।

विदेशी प्रविधिलगायतको प्रयोगबापत नेपालबाट रोयल्टी रकम बाहिरिने गर्छ।

त्यसैगरी लाभांशतर्फ यस वर्ष ४ महिनामा ६ करोड ४० लाख फिर्ता गएको छ। गत वर्ष यस्तो रकम १ अर्ब ४१ करोड ६ लाख ८८ हजार २ सय ३३ रुपैयाँ लाभांशबापत लगानीकर्ताले लगेका थिए।

सेवाशुल्कबापत असोजसम्म नेपाली रुपैयाँमा ३८ करोड ८ लाख ६८ हजार १६७, अमेरिकी डलरमा २८ लाख ६८ हजार ६ सय ४४ र भारुमा ५ करोड ७६ लाख १५ हजार ९ सय १७ संकलन भएको विभागले उल्लेख गरेको छ।

Page Views: 31
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama