Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीपी राजमार्गमा प्रत्येक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक

- shuvadmin / बिहिबार, मङि्सर ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काभ्रे वीपी राजमार्गमा प्रत्येक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दू धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै प्रत्येक दिन राति सात घण्टा यातायात सञ्चालनमा रोक लगाएको हो ।

यो नियम बुधबार रातिदेखि लागू भएको छ ।

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा ९भ्याकुरे खोला०देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन आग्रह गरिएको हो ।

यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ ।

सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयले रोक लगाइँदै आइएको हो ।

सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो ।

असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।

Page Views: 31
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama