Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपदान तथा पेन्सन कोषको साढे ६८ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

- shuvadmin / शुक्रबार, मङि्सर ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको साढे ६८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ५४ करोड ८० लाख, ‘ख’ वर्गका बैंकले १० करोड २७ लाख ५० हजार र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ४२ लाख ५० हजार बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।

बैंकले यही मंसिर १० गते राति ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन् ।

कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुनेछ ।

Page Views: 37
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama