Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

४२.५ मेगावाट  क्षमताको सान्जेन जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा

- shuvadmin / शनिबार, मङि्सर ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रसुवा, सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गत रसुवा जिल्लाको आमाछोदिङ्मो-५ मा निर्माणाधिन ४२.५ मेगावाट  क्षमताको सान्जेन जलविद्युत आयोजनाको सम्पूर्ण   प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । 

कम्पनीका  प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार आयोजनाको बाँकी दुई युनिटको परीक्षण समेत  २०८१/०८/०९ गते सम्पन्न गरी कूल जडित क्षमता अनुरुपकै विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ ।

क्यास्केड मोडलमा निर्माण गरिएका पिकिङ्ग रन अफ दि रिभर  दुई आयोजना मध्ये सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले २०८० भाद्र मसान्त मै सम्पन्न गरी २०८० साल असोज २१ गतेबाट ११ के.भी. कन्टिन्जेन्सी प्रसारण लाइन मार्फत व्यापारिक उत्पादन गरिरहेको छ । 

उक्त आयोजनाको विद्युत् प्रवाहको लागि कम्पनी आफैले ८ किलोमिटर ११ केभी डवल सर्किट प्रशारणलाइन तथा १३२/११ के भि सवस्टेशन तत्काल निर्माण कार्य सम्पन्न गरी चिलिमे त्रिशुली ६६ के भि प्रशारणलाइन मार्फत क्षमताको सिमितताका कारण  करिब ८.५ मे वा विद्युत् वैकल्पिक रुपमा विक्री गरी हाल सम्म करिब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको छ । 

सान्जेन तथा सान्जेन (माथिल्लो) दुबै आयोजनाहरुको निर्माणकालमा आएको २०७२ सालको महा-भुकम्प, कोभिड -१९, नाकावन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायतका विविध अवरोधहरुले आयोजना निर्धारित समयमा सम्पन्न हुन नसके पनि हालै चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाइन सम्पन्न हुने बित्तिकै आयोजनाहरुबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको  कम्पनीले जनाएको छ । 

नेपालमा निर्माणाधिन पिकिङ्ग रन अफ दि रिभर आयोजना मध्ये नमुना आयोजना रहेको कम्पनीले जनाएको छ ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको हेडवर्क्समा करिब  ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने  पिकिङ्ग पोखरीको निर्माण गरिएको छ।

 उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप विजुली उत्पादन गरी  राष्ट्रिय विद्युत् प्रणाली उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पण वहादुर सिंहले जानकारी दिए । उक्त पिकिङ्ग पोखरीका कारण आयोजना मर्मत सम्भार गर्न  र इमर्जेन्सी व्रेकडाउनमा समेत पावरहाउस सञ्चालन गर्न सकिने जनाएका छन् ।

नेपालमा भएका क्यासकेड आयोजना मध्ये (ईडीभी) जडान गरी सान्जेन  माथिल्लो आयोजना मर्मत सम्भार गर्दा पनि  तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनी सचिव घनश्याम श्रेष्ठले जनाएका छन् । 

नेपालमै नमूना प्रविधिको रुपमा पहिलो पटक जडान गरिएको उक्त प्रविधी आगामी दिनमा अन्य क्यासकेड आयोजनाहरुले जडान गरी क्यासकेडको तल्लो आयोजना माथि माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए ।

 उक्त  जर्मनीमा निर्माण भएको ईडीभीको कारण कम्पनीलाइ आयोजना मर्मत सम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रुपमा ठुलो राहत दिने कुरा समेत श्रेष्ठले जनाएका छन्  । सोही विशेषताका कारण काठमाण्डौ विश्वविद्यालयले उक्त आयोजनाको मोडेल  आफ्नो परीक्षण ल्यावमा मोडेल आयोजनाको रुपमा सञ्चालन गरेको छ ।

 हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनाहरु मध्ये यो नमुना आयोजना रहेकोले जलविद्युत विकास, नविकरणीय उर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत् विधार्थीहरुको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागि समेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठले बताए ।

सान्जेन (माथिल्लो) जलविद्युत आयोजनको सिभिल निर्माण कार्य ECI-Bajraguru CPL J/V, इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्व कै ठूलो टर्वाइन निर्माणकर्ता मध्ये चिनियाँ कम्पनी Dongfang Eletric Corporation ले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण कार्य स्वदेशी कम्पनि  Nepal Hydro Electric Ltd ले गरेको हो ।

कम्पनीवाट निर्माणाधिन ४२.५ मे. वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको समेत सम्पूर्ण निर्माण कार्य सम्पन्न भई मंसिर ७ गते देखि परीक्षण उत्पादन सुरु गरिएको छ भने सबै युनिटको परीक्षण  यही मंसिर ९ गते भित्र सम्पन्न गरी ४२.५ मे. वा. विद्युत्  राष्ट्रिय विद्युत् प्रणालीमा प्रवाह गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत सिंहले जनाएका छन् । यसवाट हिउँद महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान गर्न मद्दत पुग्ने देखिएको छ ।

Page Views: 54
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama