Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुरले गरे धान खेत मासेर सुन्तला खेती, वार्षिक दश लाख बढी आम्दानी

- shuvadmin / शनिबार, मङि्सर ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

म्याग्दी, १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।

‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।’

बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपालि १० लाख रूपैयाँको सुन्तला बिक्री भइसकेको र थप चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए ।

हाल दुई सय ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ । पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै केसी मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार पनि बिक्री गर्छन् ।

सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाए । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।

‘विदेशबाट फर्केपछि माछा, भैँसी र बंगुर पाले,’ उनले भने, ‘माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैँसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो ।

सुन्तला र मौरी व्यवसायबाट सफलता मिल्यो ।’ कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।

मौरी सहितको प्रतिघार मौरी १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ ।

व्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरी पालनबाट केसीको जीवन शैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतीले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।

किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् ।

सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुन् । चार सय बोट सुन्तला लगाएका सुर्के मेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए ।

वर्षमा आठरदश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा दश लाख भन्दा बढी कमाई हुने उनले बताए ।

सिचाई सुविधा भएको सुर्के मेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।

रसिलो, स्वादिलो सुन्तला काठमाडौं, पोखरा, बेनीका व्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama