Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, नीतिगत व्यवस्थामा कुनै परिवर्तन भएन्

- shuvadmin / शुक्रबार, मङि्सर १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

शुक्रवार सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन् ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।

आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति २०८१ साउन ११ गते सार्वजनिक गरिएको थियो ।

मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Page Views: 79
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama