Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रौतहटमा स्कार्पिओ दुर्घटनामा परेका ८ जनाकै सनाखत, ५ घाइतेको उपचनर हुँदै

- shuvadmin / मङ्गलबार, मङि्सर २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

वारा, बाराको गढिमाई मेलाबाट सिराहा फर्किंदै गरेका यात्रु सवार स्कार्पिओ गएराति रौतहटमा दुर्घटना हुँदा एकै गाउँका आठ जनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा सिराहाको अर्नामा गाउँपालिका- ३ बंठियाटोल बस्ने वर्ष ६० कि लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवि महरा, ६२ वर्षीया फूलमन्तीदेवी चमार, ६० वर्षीया रामकुमारिदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नामा ५ बलुवाटोल घर भएका स्कार्पिओ चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।

दुर्घटनामा सिराहाको अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार(लमाहा सडक खण्डमा गएराति सवार १ बजे बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।

बाराको गढिमाई मेलाबाट सिराहा घरतर्फ फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।

‘मध्यराति तीव्र गतिको कारण स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको देखिन्छ,’ इन्सपेक्टर महतोले भने, सडकबाट तल खसेपछि स्कार्पिओ रुखमा ठोक्किँदा धेरै मानवीय क्षति भएको हो।’

इन्सपेक्टर महतोका अनुसार केही घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

धेरैले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर अवस्थाका एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरीका कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी कुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

तीव्र गतिको स्कार्पिओ आफैँ अनियन्त्रित भई रोड भन्दा दाहिने साइडको रुखमा ठोकिँदा दुर्घटना भएको राईले बताए। घटनास्थल चन्द्रनिगाहपुरबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ।

मृतकको शव अहिले चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको छ।

Page Views: 49
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama