Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दर्ता

- shuvadmin / बुधबार, मङि्सर २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ ।

साइबर ब्यूरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१)अनुसार सजाय माग गरेको छ ।

त्यस्तै, उपदफा (२) अनुसार बारम्बार अपराध गरेको ठहर भएपछि थप सजायको माग गरिएको छ।

प्रसाईंविरूद्ध एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ। यसैगरी, बारम्बार अपराध दोहोर्‍याएको आरोपमा डेढी सजायसमेत माग गरिएको छ ।

दफा ४७ को उपदफा २ अनुसार, अपराध दोहोर्‍याउने व्यक्तिलाई अघिल्लो सजायको डेढी सजाय हुने प्रावधान छ ।

त्यसअनुसार, पाँच वर्ष कैद हुने अवस्थामा डेढी सजाय थप गरी सात वर्षसम्म कैद सजाय हुन सक्छ । यही मंसिर ४ गते उनी भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

उनीमाथि धानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरी सामाजिक सञ्जालमा अपलोड गरेको आरोप छ ।

Page Views: 97
संबन्धित शिर्षकहरु
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ताजा अपडेट
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama