Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस महामन्त्री शर्माले गरे लोबुचे हिमाल आरोहण

- shuvadmin / शनिबार, मङि्सर २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्।

संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्।

मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन्।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए।

उनले आफूहरु जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिंगो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताए।

नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरूप्रति सम्मान, हिमाली श्रमिकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको शर्माले बताए।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरू प्रत्यक्ष रुपमा हिमाल आरोहण गर्न आएको उनको भनाई थियो।

Page Views: 57
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama