Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

६ दशकपछि उघ्रियो दक्षिण एसियाको पहिलो सुरुङमार्ग

- shuvadmin / सोमबार, पुष ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौंडा, दक्षिण एसियाको पहिलो मानिएको सुरुङमार्गको रुपमा हेटौंडा–१५ चुरियामाईस्थित सुरुङ करिब ६ दशकपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सोमबार सुरुङमार्ग उद्घाटन र हस्तान्तरण गरेका हुन्।

शताब्दीको इतिहासलाई जीवन्त राख्दै उपमहानगरपालिकाले सञ्चालन गरोस् भन्ने चाहनासहित हस्तान्तरणपत्रमा हस्ताक्षण गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बताए ।

बेलाबेलामा प्रदेश सरकारले यसको अनुगमन तथा निरीक्षण गर्ने मन्त्री मास्केको भनाइ छ ।

पहाड खोपेर बनाइएको सुरुङमा चुना, सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा छापिएका छन्, ऐतिहासिक शैलीमा खोपाहरु कुँदिएका छन् ।

सुरुङमार्गभित्र विद्युतीय लाइट जडान गरिएका छन् । सुरुङ मार्गको दुवै प्रवेशद्वारको ढोका ८ महिनादेखि बन्द छन् ।

वागमती प्रदेश सरकारको ४ करोड ५७ लाख लागतमा पुनर्निर्माण भएसँगै सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको छ ।

मधेश प्रदेशको बारा र वागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने सुरुङमार्ग १९७४ मा तात्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । उक्त सुरुङमार्गबाट २०२० सम्म सवारीसाधन सञ्चालन भएका थिए ।

त्रिभुवन राजपथ बनेर ठूला सवारीसाधन भित्रिएपछि सुरुङछेवैबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो ।

सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष थियो । भग्नावशेष सुरुङलाई पुरानै अवस्थामा ल्याउन प्रदेश सरकारले सहयोग गरेको हो ।

वागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण थालेका हुन्। २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० असार अगाडि सकिएको थियो ।

सुरुङको चौडाईं २ मिटर ७० सेन्टिमिटर तथा उचाईं ३ मिटर ३० सेन्टिमिटर रहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारालाई सडक बिस्तारको सम्भावनाले केही भित्र लगेको देखिन्छ भने बारातर्फको प्रवेशद्वार पुरानै अवस्थाको हुने जनाइएको छ ।

सुरुङको पुनर्निर्माण करिब एक वर्षअघि नै सम्पन्न भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर उपमहानगरलाई हस्तान्तरण गर्न सकिएको थिएन् ।

जीर्ण सुरुङमार्गको २०७९ बैशाख १९ गते जीर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । कुल एक सय ९८ मिटर लम्बाइको सुरुङमार्ग पुनर्निर्माणपश्चात दुई सय २५ मिटर पुगेको जनाइएको छ ।

१ सय ६ वर्ष पुरानो सुरुङ पुनर्निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग सम्झौता गरेको थियो ।

उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीयस्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ ।

कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपियाँ, विदेशीलाई प्रतिव्यक्ति १ सय २० रुपियाँ, ५ वर्षमुनिका बालबालिका, शारीरिक अशक्त र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपियाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

‘प्रदेशबाट हस्तान्तरणपछि प्रक्रिया पु¥याएर तत्काल सञ्चालन हुनेछ,’ उनले भने । उपमहानगरपालिकालाई हस्तान्तरणपछि सम्बन्धित समितिलाई सञ्चालनका लागि हस्तान्तरण गर्नसक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।

यातायात निर्देशनालय वागमती प्रदेशले मुख्य काम आउटलेट (बाहिरिने) पोर्टलको प्वाइन्ट पत्ता लगाएर रिकन्स्ट्रक्सनको काम सम्पन्न गरेको हो ।

पहिलो डिजाइनअनुसार ५ सय मिटर लम्बाइको सुरुङ मार्ग बनेको थियो । सुरुङ २ दशमलव ५ मिटर चौंडा र ३ मिटर अग्लो थियो ।

नेपाली सेनाका तात्कालीन कर्णेल इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वको इञ्जिनियर टोलीले सुरुङ बनाएको थियो । सुरुङको छेउमै सुरुङका डिजाइनर इञ्जिनियर थापाको अर्धकदको सालिक निर्माण गरिएको छ ।

बारा र मकवानपुर जोड्ने सुरुङमार्गबाट २०२० सम्म सवारी चल्ने गरेका थिए । राणाकालीन समयमा यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ओसाथ्र्यो । पथलैया–हेटौंडा सडकखण्ड निर्माण भएपछि सुरुङ प्रयोगमा थिएन्।

दक्षिण एसियामा पहिलो मानवनिर्मित सुरुङबारे नेपाली र विश्व समुदायलाई जानकारी गराएर उनीहरुको ध्यान हेटौंडातर्फ आकर्षित गर्ने उद्धेश्य राखी उपमहानगरपालिका अगाडि बढेको थियो ।

नगरपालिकाले यस वर्ष यससम्बन्धि इतिहास, डिजाइनिङ र प्रसिद्ध चुरियामाई मन्दिरबीच सम्बन्धबारे आवश्यक प्रमाण संकलन गरिसकेको छ ।

तराईलाई देशका अन्य क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनका यात्रुहरुको खुल्दुली मेटाउँदै राजमार्गमा देख्न सकिने कंक्रिटनिर्मित ठूलो ढिक्का तथा मकवानपुर र बाराको सिमानामा पर्ने एतिहासिक चुरियामाईको मूल मन्दिरबारे सप्रमाण जानकारी सार्वजनिक गरिएको थियो ।

सयौं सवारी र हजारौं यात्रु त्यही बाटो भएर दिनहुँ ओहोरदोहोर गर्छन् । राजमार्गको छेवैमा देख्न सकिने सुरुङको मुख मानिएको कंक्रिट ढिक्का र चुरियामाई मन्दिरमा ठूलो फ्लेक्स राखेर यसबारे जानकारी दिने कार्य नगरपालिकाले गरेको छ ।

सुरुङमार्ग निर्माण नगरिएको भए चुरे पहाड हुँदै काठमाडौं जोड्ने बाटो बनाउनु बाध्यता थियो । तर, त्यसो गर्नु भौगोलिक हिसाबले सम्भव थिएन् । यसकारण सुरुङ खनेर तराईलाई काठमाडौंसम्म जोडिएको थियो ।

सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम एतिहासिकस्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यस बेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल थापाले राष्ट्रपति भवन शितलनिवास र पाँचखाल अड्डा र १९९० मा भुकम्पले भत्किएपछिको धरहराको पुनर्निर्माणका निम्ति डिजाइनिङ गरेका थिए ।

उनी जगत्जंगका नाति थिए । जगत्जंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति थिए ।

Page Views: 85
संबन्धित शिर्षकहरु
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
ताजा अपडेट
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama