Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद्का दुवै सदनको बैठक आज, राष्ट्रियसभामा मन्त्रीले जवाफ दिने

- shuvadmin / बुधबार, चैत १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे शुरु हुनेछ ।

प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री केपी ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी .पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उनले संवैधानिक परिषद् .काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेश गर्नेछन् ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama