Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्ता गठबन्धनबीच सहमति

- shuvadmin / बुधबार, चैत १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्ता गठबन्धन दलहरूबीच भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयकका रूपमा ल्याउने सहमति भएको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भूमि अध्यादेश फिर्ता गरेर विधेयक ल्याउने सहमति भएको हो ।

बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने,‘भूमिसम्बन्धी अध्यादेशमा हाम्रो अब्जेक्सन कायम छ । त्यही भएर आजको बैठकमा यो अध्यादेशलाई आफैँ निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको छ ।

अरू विषयमा केही पनि कुरा भएको छैन् । आजको बैठकमा भूमिसम्बन्धी अध्यादेशलाई अब के गर्ने र १८ गतेबाट आफैँ निष्क्रिय हुन्छ, या त सरकारले फिर्ता लिनुपर्‍यो, या त यो आफैँ निष्क्रिय हुने अवस्थामा पुगेको छ ।

त्यसैले यसै विषयमा आजको बैठकले अघि बढाउने निर्णय गरेको हो।’

सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अन्य ५ वटा अध्यादेश प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन् ।

तर, भूमि अध्यादेश भने सदनमा निर्णयार्थ पेस गरिएको थिएन ।

Page Views: 49
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama